महेन्द्रनगर – धनुषाको क्षीरेश्वरनाथ नपा वडा नं. १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार मकेश्वर यादव ३६ मतकाे अन्तरले विजयी भएका छन् ।
आज गरिएको वडा नं१ काे मतगणनाबाट मकेश्वर यादवले ६३७ मत ल्याएर प्यानल सहित विजयी भएका छन् भने उनकाे निकटतम प्रतिद्वन्द्वी एमालेका टीका प्रसाद यादवले ६०२ मत प्राप्त गरे।



यश वडा नं १ बाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार याेगेन्द्र पजियारले ५१६ मत प्राप्त गरेका छन् भने एमालेका मेयरका उम्मेदवार सुखदेव यादवले ९५६ मत प्राप्त गरेका छन्।
त्यस्तै काँग्रेसका उपमेयर रचना माथेमाले ५५० र एमालेका उपमेयर सालिनी चाैधरीले ८४१ मत प्राप्त गरेका छन्।




