सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पूजाका सामग्री बोकेर सर्लाहीको धनकौलस्थित छठघाटसम्म पुग्नुभएको छ ।
उहाँ आफैँ टाउकोमा छठका सामग्री राखिएको डालो (छैंटी) बोकेर धनकौल गाउँपालिका–२ स्थित धनकौल गाउँको छठघाटमा पुग्नुभएको नेपाली कांग्रेसका नेता गजेन्द्र साहले जानकारी दिनुभयो । कांग्रेस सभापति थापा छठ पर्व मनाउन परिवारसहित आइतबार सर्लाही आउनुभएको हो ।



उहाँ आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का विभिन्न छठघाटमा पुगेर व्रतालु तथा स्थानीयसँग भेट गरिरहनुभएको छ । उहाँले आइतबार नै भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई सुन्दरपुर गाउँमा पुगेर भेट गर्ने कार्यक्रमसमेत रहेको छ ।




