गौशला नगरपालिका भित्र संचालित सहकारीहरुमा एकरुपता ल्याई सहकारीहरुलाई नीति र विधि अनुसार सञ्चान गर्ने उद्देश्यले गौशाला नगरपालिकामा आज सहकारी संजाल गठन भएको छ।
जिल्ला सहकारी संघ महोत्तरीको अगुवाइमा भएको सो कार्यक्रमको प्रमुख अतिथि उखु सहकारी संघका केन्द्रीय अध्यक्ष एवं दुग्ध सहकारी सङ्घका जिल्ला अध्यक्ष श्री रामचन्द्र सिंह कुशवाहा रहेका थिए ।
राष्ट्रिय सहकारी महासंघका सदस्य एवं जिल्ला सहकारी सङ्घ महोत्तरी को अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा गौशाला नगरपालिका २० वटा सहकारी संस्थाहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा जिल्ला सहकारी सङ्घ महोत्तरीका अध्यक्ष लक्ष्मण यादवको संयोजकत्वमा त्यहाँ उपस्थित सबै सहकारीहरु सदस्य रहने गरी " गौशाला सहकारी सञ्जाल " गठन भएको छ ।
कृषि सेवा केन्द्र गौशलाको सभाकक्षमा भएको सो कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघ महोत्तरीका सदस्य रामनारायण साहले गरेका थिए।
कार्यक्रममा सहकारीका पदाधिकारी तथा कर्मचारीहरुले सहकारी सञ्जालको अवश्यकता र सहकारीका ब्याज दर ,कार्यक्षेत्र लगायतका जल्दाबल्दा समस्याहरुको बारेमा आ-आफ्नो मन्तब्य राखेका थिए।
यसअघि महोत्तरी जिल्लाका औरहि नगरपालिका र सम्सी गाउँपालिकामा सहकारी सञ्जाल गठन भइसकेको जिल्ला सहकारी संघ महोत्तरीले जनाएको छ।