महोत्तरी – भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाको दिन नगरमा दीप प्रज्वलन गर्न अपिल गरिएको छ । औरही नगरपालिका १ औरही बजारमा रहेको हनुमान मन्दिर,हनुमान चौक र औरही नगरपालिका २ औरही गाउमा रहेको रामजानकी कुटीमा आज स्थानीय युवाहरु मिलेर सरसफाई गरेका छन्।

साथै औरही नगरपालिका १ औरही बजार भरि स्थानीय युवाहरु जय श्री राम को झन्डा समेत लागेका छन्। स्थानीयहरुले सामाजिक संजालमा ब्रोसर सार्वजनिक गरेका छन्,सो ब्रोसरमा यस्तो लेखिएको छ ”घरघरमा दिप,बत्ति बालेर रंगोली संगै यस शुभअवसरको सफलता बनाऔ भगवान श्री राम को स्वागत संग आशिर्वाद प्राप्त गरौ” लेखिएको ब्रोसर समाजिक संजालमा सार्वजनिक गरेको छ।



सो दिन घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न समेत औरही नगरपालिका १ बस्ने युवा भास्कर झा रऔरही नगरपालिका २ बस्ने युवा बिरेन्द्र यादवले औरही नगरबासी,जिल्लाबासीमा अपिल गरेका हुन् । अगामी जनवरी २२ तारेख अर्थात् माघ ८ गते राममन्दिरको प्राण प्रतिष्ठा (घरबास) हुँदै छ ।
‘प्राणप्रतिष्ठाको दिन विश्वस्तरमा गरिने कार्यक्रमहरुको साथै जिल्लाबासी र नगरवासीहरु पनि उक्त दिन घर घरमा दिपोत्सव गर्नुको साथै घर नजिकै रहेको मठ मन्दिर, चौक चौराहा लगायतका सो दिन रथ यात्रामा उपस्थिति हुन्न तथा प्रत्येक हिन्दु धर्मावलम्बीहरुको घरघरमा भगवान राम र हनुमान जिको झन्डा लगाउन आह्वान गरिन्छ।
साथै सो दिन यस क्षेत्र भित्र हिंसा तथा मदिरा जन्य गतिविधि नगरी दिनुहुन समेत सबैमा हार्दिक अनुरोध गर्दछु।





