
महोत्तरी- गौशालामा सडक दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।
इलाका प्रहरी गौशलाका अनुसार गएराति गौशाला सम्सी सडकखण्ड अन्तर्गत पर्ने श्री मावि निगौल सडक खण्डमा भएको दर्घटनामा मोटरसाईकल चालक गौशाला नगरपालिका ५ का १८ बर्षिय सोनुकुमार राउतको घटनास्थलमै मृत्यु भएको हो ।
सोनुले चलाई रहेको प्र २ – ०२ -००१ प ४२५१ मेटरसाईकले दाउरा वोकि ल्याउँदै गरेको साईकललाई ठक्कर दिंदा दुर्घटना भएको थियो । सो दुर्घटनामा परि सोहि मोटरसाईकलमा सवार गौशाला नगरपालिका वडा नं. १ का २२ का मानव भारती गम्भीर घाईते भएका छन् । उनको बर्दिवासमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
यता साईकल चलाईरहेको औरही नगरपालिका ४ का ६८ बर्षिय सोगारथ साह सामान्य घाईते भएको र उपचार पश्चात घर फर्किसकेको प्रहरी निरीक्षक मनोजकुमार यादवले बताए ।
मृतकको शवलाई पोष्टमोर्टमका लागि जलेश्वर पठाईएको प्रहरीले जनाएको छ ।