
भैरहवा- सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा रहेको नारायणस्थान मन्दिर मा भैरहवा का महिला हरु जम्मा भएर तिज मा नाचगान गर्दै रमाईलो गरेका छन्। महिला हरु को चाड भएता पनि पुरुषहरु ले पनि कोही मादल वजाउँदै भने कोही नाच्दै साथ दिएका छन्। प्रचण्ड गर्मी मा पनि महिला हरु को नाच्ने र गाउने जोश मा कुनै कमि देखिएन।


