
भैरहवा- जिल्ला प्रहरी कार्यालय रुपन्देही, भैरहवा र युनिभर्सल कलेज अफ मेडिकल साईन्स शिक्षण अस्पताल, भैरहवा विच रुपन्देही जिल्ला मा कार्यरत बहालवाल प्रहरी कर्मचारी र निजहरु सँग आश्रित परिवारका सदस्य हरु को स्वास्थ्य उपचार सेवा शुल्क मा छुट दिने सम्झौता सम्पन्न भएको छ । जिप्रका रुपन्देही का प्रमुख प्रहरी उपरीक्षक भरत वहादुर वि.क र युसिएमएस शिक्षण अस्पताल का प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस विच द्विपक्षीय सम्झौता पत्र आदानप्रदान कार्यक्रम मंगलवार सम्पन्न भएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देही को आयोजना र युनिभर्सल कलेज अफ मेडिकल साईन्स भैरहवा को सहकार्यमा सम्झौता पत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रम सिनपा-१२ मा रहेको जिप्रका रुपन्देही को प्राङ्गण मा प्रमुख प्रहरी उपरीक्षक भरत वहादुर वि.क को अध्यक्षता मा सम्पन्न भएको हो । कार्यक्रम मा युसिएमएस शिक्षण अस्पताल भैरहवा का प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस को प्रमुख अतिथ्यता तथा सोही कलेज का मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. सुदन मुखी र क्याम्पस कोर्डिनेटर तेज वहादुर के.सी को विशेष अतिथ्य रहेको थियो।
युसिएमएस शिक्षण अस्पताल र जिप्रका रुपन्देही विच औपचारीक र अनौपचारिक छलफल पश्चात सामाजिक उत्तरदायित्व वहन गर्न तथा प्रहरी कर्मचारी हरु को मनोवल उच्च राखि कार्यहौसला प्रदान गर्न सुविधा उपलब्द गराउने सम्वन्ध कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी निरीक्षक किशोर के.सी ले जानकारी गराए।