
बर्दिवास- संविधान दिवसको अवसरमा बर्दिवास नगरपालिकाले प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

मेयर प्रह्लाद कुमार क्षेत्री लगायतका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, संघ–संस्थाका प्रतिनिधिहरुको सहभागीतामा निकालिएको प्रभातफेरि नगरपालिका कार्यालयदेखि सिन्धुलरोडसम्म चलेको थियो ।

त्यसैगरी संविधान दिवसको अवसरमा नगरपालिका द्वारा विद्यालयमा वृक्षारोपन कार्यक्रम, रक्तदान कार्यक्रम र मैत्रीपूर्ण फुटवल कार्यक्रमको आयोजना गरिएको मेयर क्षेत्रीले बताए ।

प्रभात फेरी कार्यक्रम पश्चात मेयर क्षेत्रीले सम्पूर्ण नगरवासिलाई शुभकामना दिए ।

