
File Photo
सर्लाही- मलंगवामा दुई समुदायबीच झडप भएको अवस्था सेलाउन नपाउदै पुन: बिहिबार राती दुई समुदायबीच झडप भएको छ ।
मलंगवा नगरपालिका वडा नम्बर ३ स्थित गणेशको मुर्ति सेलाउन जाने क्रममा झडप भएको हो । झडपले उग्र रुप लिएपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन त्यहाँ ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
झडपको क्रममा केही व्यक्ति घाइते समेत भएका छन् । घाइतेहरुलाई उपचारको लागि प्रदेशिक अस्पताल जनकपूर पठाईएको छ ।
यसैबीच घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मलंगवाको गम्भीर ध्यानाकर्षण भएको छ । कार्यालयले बिहिबार राती १०बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेल सम्मको लागी स्थानीय प्रशासन ऐन, २०२८को दफा ६ (क ) (१ ) (३ ) बमोजिम कर्फ्यु आदेश जारी गरेको छ ।
