मलङ्गवामा कर्फ्यु निष्कृय , राती ८ बजेदेखी बिहान ४ बजे सम्म निषेधआज्ञा जारी रहने भएको छ।
सर्लाही सदरमुकाम मलङ्गवामा ५ दिन देखी लगाईको कर्फ्यु सोमबार दिउंसो देखी निष्कृय गरिएको छ । प्रमुख जिल्ला अधिकारी इन्ददेव यादवको अध्यक्षतामा बसेको बैठकमा कर्फ्युलाई निष्कृय गरेर निषेधआज्ञा जारी गर्ने निर्णय गरिएको छ । अर्को आदेश नहुञ्जेल सम्मको लागी निषेधआज्ञा राती ८ बजेदेखी बिहान ४ बजे सम्म कायम रहनेछ ।
यस बैठकसंगै बिहिबार राती १० बजेदेखी लगाइएको कर्फ्यु हटेको हो । कर्फ्यु हटेसंगै जनजीवन सामान्य बन्दै गएको छ । यस अघि आइतबार जिल्ला समन्वय समितिका प्रमुख, नगरप्रमुख, वडा अध्यक्ष लगायत सरोकारवालासँग छलफल गरिएको थियो । पाँच दिनदेखिको कर्फ्युका कारण मलङ्गवासीको दैनिकी कष्टकर बनेको थियो ।
गत बिहिबार गणेश चर्तुर्थीको मुर्ति विर्सजनको क्रमम दुई पक्ष बिच विवादको स्थिति सृर्जना भएको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यलयले राती दश बजे देखी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।





