भैरहवा- वैदेशिक रोजगारी को लागि नक्कली अफरलेटर र वर्कपर्मिट देखाई चेक रिपब्लिक,नर्वे,पोल्याण्ड, पोर्चुगल लगायत विभिन्न देश पठाइदिने भन्दै ८० लाख ठगी गर्ने पाकिस्तानी र अजरबैजनी नागरिक लाई प्रहरी ले काठमाडौं ठमेल वाट पक्राउ गरेको छ।
ठमेल मा रहेको यात्री एण्ड डवी सुइट्स एण्ड स्पा को कोठा वाट निज हरु लाई प्रहरी ले नियन्त्रण मा लिएको हो।
नक्कली कागजातहरू देखाई विश्वास मा पारी ठगी गर्ने योजना बनाईरहेको छ भने जाहेरीको आधारमा निगरानी गर्ने क्रममा प्रहरी ले पाकिस्तान राहुलपिण्डी का ५१ वर्षिय नाजिर मुहम्मद र अजरबैजान की ३१ वर्षिय अय्सेल हुसेञिल लाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ।
निज ठग हरु ले पिडित हरु लाई प्रोसेसिंग को लागि भन्दै प्रति व्यक्ति एक हजार अमेरिकी डलर लिने गरेको र हाल सम्म अनुमानित ८० लाख नेपाली रुपैंया रकम ठगी गरेको, केही पिडित हरु लाई विश्वास दिलाउन अजरबैजान घुम्न समेत पठाएको अनुसन्धान वाट खुल्न आएकोले थप अनुसन्धान का लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रवक्ता एवं प्रहरी उपरीक्षक रबिन्द्र रेग्मी ले जानकारी गराए।