
भैरहवा- रुपन्देही को भैरहवा मा सिद्धार्थ उध्योग वाणिज्य संघ को आयोजना मा दशैं सस्तो बजार २०८० असोज २८ देखि कार्तिक ३ गते सम्म सन्चालन हुने भएको छ। दशैं सस्तो बजार सिद्धार्थनगर नगरपालिका वडा नं १२ मा रहेको संघ कै परिसर मै हुने अध्यक्ष ठाकुर कुमार श्रेष्ठ ले आईतवार पत्रकार सम्मेलन गरि जानकारी गराए।
दशैं सस्तो बजार मा दैनिक उपभोग्य खाधान्न, जुत्ता चप्पल,घरेलु उत्पादन,खाजा घर,दुई पांग्रे अटोमोवाइल सहित २०-२५ वटा स्टल रहने छ। करिव १५ हजार को संख्या मा उपभोक्ता तथा अवलोकनकर्ता हरु को आवगमन हुने र ५०-६० लाख रुपैंया वरावर को कारोवार हुने अनुमान गरिएको छ।

स्वदेशी तथा गुणस्तरिय वस्तु एवं सेवा हरु को उपभोग प्रति उपभोक्ता हरु लाई सचेतना गराउने तथा आउँदै गरेको नेपाली हरु को महान चाड पर्वहरु मा आम उपभोक्ता हरु लाई स्वदेशी बजारमा खरिद गर्ने वानी विकास गराउने उद्देश्य लिदैँ विभिन्न उध्योग व्यवसायी हरु संग को सहकार्य मा उपभोक्ता लाई सुलभ रुपमा एकै थलो वाट सहज तरिका ले दैनिक उपभोग्य वस्तु हरु विक्री वितरण गर्ने , स्थानिय खाध पदार्थ को प्रवर्धन तथा उचित मुल्य वारे जानकारी गराउने उद्देश्य यस पटक को दशैं बजार सन्चालन गर्न लागिएको सिद्धार्थ उध्योग वाणिज्य संघ का अध्यक्ष ठाकुर कुमार श्रेष्ठ ले जानकारी गराए ।

असोज २८ गते वाट कार्तिक ३ गते सम्म ६ दिन चल्ने यो सस्तो बजार ले केही हद सम्म भए पनि भैरहवा बजार चलाएमान हुने, स्वदेशी उध्योग व्यवसाय को उत्पादन को प्रचार प्रसार हुने र आम उपभोक्ता हरु ले सर्व सुलभ रुपमा उपभोग्य वस्तु हरु खरिद गर्ने अवसर प्राप्त गर्ने अध्यक्ष श्रेष्ठ ले थप जानकारी गराए ।