
बर्दिवास- रोट्र्याक कलव अफ बर्दिवासले प्यालेस्टाइनी उग्रवादी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्झनामा मंगलवार साझ दिपप्रज्वलन गरेको छ ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विज्ञान संकायमा अन्तिम वर्ष अध्ययनरत ४९ जना विद्यार्थी ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत एक महिना अघि मात्रै इजरायल पुगेका थिए।
त्यसमध्ये १० जनाको २ दिन अगाडी उग्रवादीहरुको आक्रमणमा परेर ज्यान गएको पुष्टि भएको थियो ।

यसैक्रममा रोट्र्याक अफ बर्दिवासका युवाहरुले `युद्ध लम्बिदै छ मानवता सकिदै छ´, नेपाली विद्यार्थी बंकरमा, सरकार आफ्नै रनथनमा जस्ता प्ले कार्ड वोकेर संवेदना ब्यक्त गरेका हुन् ।

युद्ध निषेध गरौ सान्ती स्थापना गरौ भन्ने सन्देश सहित गरिएको उक्त सोकसभामा रोट्र्याक कलव अफ बर्दिवासका अध्यक्ष रविन पोखरेल र रोटरी कलव अफ बर्दिवासका अध्यक्ष कृष्ण गौतमले मानव कै कारण मानवमा असान्त फैलिरहेको र यस्लाई रोक्न सवैजना गम्भिर हुनुपर्ने विचार ब्यक्त गरे ।




