काठमाडौं - सोलुखुम्बुको लबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । उद्धारको लागि टोली घटनास्थलमा जाँदैछ। रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो।
पाइटल पिके सेढाइ मात्रै चढेको सो हेलिकप्टरमा उनी सुरक्षित रहेका छन्।
लुक्लाबाट उड्यो उद्धार टोली
सोलुखुम्बुको लबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि उद्धार टोली घटनास्थल उडेको छ।
उद्धारको लागि एउटा हेलिकप्टर लुक्लाबाट घटनास्थलतर्फ उडेको सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल मण्डलले जानकारी दिए।
घटनास्थल हिँडेर जान चार घण्टा लाग्ने भएकाले हेलिकप्टर भने उडिसकेको उनले बताए।
रुम्जाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरेका छन्। तर पाइलट मात्र सवार हेलिकप्टर दुर्घटना भएको छ। आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो।
पाइटल पिके सेढाइ भने सुरक्षित रहेका बताइएको छ। घटनाको बाँकी विवरण आउन बाँकी छ।




