
ग्रामिण उधम तथा आर्थिक विकास आयोजना किसानहरुको जिविकोपार्जनसगँ जोडिन सुरु गरेको छ ।
किसानहरुको समस्या पहिचान गरि व्यवसायिक कृषिमा उत्प्रेरित गर्ने उदेश्यले मधेशका ८१ वटा पालिकाका किसानसगँ जोडिन सुरु गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा संचालित आर्थिक करिडोर बर्दिवासको कार्यालयले खरिदकर्ता र उत्पादकहरुलाई एकै ठाउँमा राखेर अन्तरकृया कार्यक्रमलाई समेत तिव्रता दिएको छ ।
जुन अन्तरकृयाले उत्पादक र खरिदकर्ताको सम्बन्धलाई जोडेर बजारिकरणमा भुमिका खेल्ने बिस्वास लिइएको छ ।
कृषि सहकारी तथा सामुहिक व्यवसायिक कृषि प्रणालीले मात्र किसानहरुको जिवनस्तर माथी उठाउने बिस्वासका साथ करिडोर कार्यालयले अनुदान समेत प्रस्तावना हेरेर उपलब्ध गराइरहेको कार्यालय प्रमुख रविन्द्र महथाले जानकारी दिए ।
किसानहरुको उत्पादनलाई बजारिकरण गरि जिवनस्तर उठाउने उदेश्यले नै विश्व बैंकवाट प्राप्त ऋणको माध्यमवाट आर्थिक बर्ष २०७९/८० मा ११५ कृषि उत्पादक समूह र खरिदकर्तालाई अनुदान प्रदान गरिने संस्थाको योजना छ ।
यस्को लागी अहिलेसम्म १०३५ वटा आवेदन परेको आर्थिक करिडोरको कार्यालयले जनाएको छ । जस्मध्ये मापदण्ड पूरा गरेका ६५ वटा उत्पादक तथा खरिदकर्ता छनोट भैइसकेका छन ।
सोही छनोट भएका कृषि उत्पादक संस्थाका किसान र खरिदकर्ताविच विभिन्न चरणमा छलफल र कामका सिमाहरुका बिउषयमा अभिमुखिकरण कार्यक्रम भैइरहेको प्रमुख महथाको भनाई छ ।
करिडोर कार्यालयले व्यवसायिक योजना बनाएर नै किसानहरुलाई उत्प्रेरित गर्ने योजनाले उत्साहित वनाएको सिरहावाट आएका बिनोद चौधरीले वताए ।