
महोत्तरी - मधेश प्रदेश कि शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले झिझिया मधेशको लोक संस्कृति रहेको र यसलाई जोगाउनु आवश्यक रहेको बताएकि छिन । हामीले आफ्नो धर्म संस्कृति र मौलिकतालाई बचाउनु आवश्यक रहेको भन्दै उनले झिझियामा रहेको सकारात्मक पक्षलाई अपनाउन आवश्यक रहेको बताएकि छिन । उनले झिझियामा नकारात्मक भन्दा सकारात्मक संदेश धेरै भएको बताउदै हामीले नकारात्मक संदेश त्याग्दै सकारात्मक संदेशलाई अपनाउनु आवश्यक रहेको बताईन ।
उनले वर्तमानमा झिझिया नृत्य र गायनकै नाममा केहि नकारात्मकता वढाउन प्रयास गरिएको र यसमा सत्यता समेत भएकोले झिझियालाई लोककला र संस्कृतिको रुपमा यसको मौलिकतालाई कायम राख्दै यसको प्रचार प्रसार हुनु पर्ने बताईन । उनले समाजमा सवै प्रकारका मानिसहरु भएकोमा केहिले झिझियाकै रेकर्डिंग गितहरु तथा नाच देखाई झिझियाको मुल मर्मलाई परिवर्तन गर्ने प्रयास गरेको वारे आफुसम्म समेत जानकारी आएकोमा समाजले मौलिक झिझियालाई प्रोत्साहन गर्दै परिवर्तित झिझियालाई नकार्नु पर्ने बताईन ।
उनले भनिन,“फुलसंगै कांडा समेत हुने भएकोमा फुल नै उपयोग बिहिन हुने र फालिदिने होईन ,फुललाई अपनाउनु पर्ने हुन्छ । झिझिया हाम्रो संस्कृतिको अनुपम उपहार हो,यसको सवैले संरक्षण गरौ । ” उनले थपिन,“नयाँ गितको नाममा झिझियाको मौलिक गितसंग छेडखानी भएको गितहरु समाजले बहिष्कार गर्न सक्नु पर्दछ । जव समाज सचेत हुन्छ गलत तत्व हावी हुन सक्दैन ।”