काठमाडौँ – रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।
एमालेबाट निर्वाचित मेयर प्रभु साहको पार्टीमा प्रवेश गरेपछि दल त्यागसम्बन्धी ऐनबमोजिम उनको मेयर पद स्वतः रिक्त भएको आयोगले जनाएको हो ।
उनी २०७९ वैशाखको निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचन भएकी थिइन् ।
मेयर शाहको श्रीमान् प्रभु शाहले एमाले छाडेर आम जनता पार्टी खोलेपछि उनी पनि पार्टीको सम्पर्कमा थिइनन् । उनलाई पार्टीले पटक पटक स्पष्टीकरण सोध्दा कुनै जवाफ नदिएपछि पार्टीले कारबाही गरेको हो ।








