
त्यसो त भ्यालिन्टाइन डे लाई बिदेशी संस्कारको रुपमा हेरीन्छ नेपालमा, तथापी आजका युवा पुस्ताहरुले यो दिवसमात्र होइन यो भन्दा पूर्वका ७ फेब्रुअरी रोज डे, ८ प्रोपोज डे, ९ चकलेट डे, १० टेड्डी डे, ११ प्रोमिस डे, १२ किस डे, १३ हग डे र १४ फेब्रुअरी भ्यालेन्टाइन डे सहित सप्ताहव्यापी बनाई आफ्ना मनको अन्तरकुनामा रहेको, व्यक्त गर्न नसकेको प्रेम, प्रस्तावको रुपमा अगाडी ल्याउने, मायाँको चिनो साटासाट गर्ने तथा प्रेमी-प्रेमिका बिचको सम्बन्ध सुमधुर बनाउन एकआपसका भावना साटासाट तथा भविश्यका योजना वा कल्पनाहरुमा वहस गर्ने उपयुक्त समयको रुपमा प्रेम दिवस मनाउने गरेको पाईन्छ ।

जे होस्, मूलतः प्रेम प्रवाहलाई सहज बनाइदिएको छ भ्यालेन्टाइनले। यो पश्चिमा मुलुकबाट प्रचलनमा आएको रसरंग दिवस भएकाले मुस्लिम अतिवादी मुलुकमा भने यसप्रकारको पर्वलाई प्रतिबन्ध लगाइन्छ। प्रेमलाई विभिन्न दार्शनिकले अनेक परिभाषा गरेका छन् । रजनिशले प्रेमलाई वासनाबाट टाढा राखेका छन्। प्रेममा आशक्त प्रकट हुँदैन, तर आशक्तका लागि प्रेम गरिन्छ भन्ने उनले भनेका छन्। प्रेमका विषयमा फरक-फरक प्रकारका भाव धेरैले व्यक्त गरेका छन्।
भ्यालेन्टाइनसँग सम्बन्धित प्रेम विशुद्ध युवायुवतीबीच हुने सम्बन्धको हो। बुबाआमा, दिदीबहिनी, दाजुभाइ वा अन्य नातेदारसँग गरिने प्रेमसँग यसको कनेक्सन छैन । त्यसैले, प्राचीन सभ्यतादेखि यो कालसम्म प्रेमका सारलाई केलाउन यो साता सान्दर्भिक देखिन्छ। यसलाई पश्चिमा पादरीले उच्च सम्मान व्यक्त गर्ने दिन अर्थात् प्रेमपूणर् सम्मान गर्ने दिनका रूपमा मनाएका थिए। पछि यो क्रमशः युवायुवतीबीच हुने प्रेमको दिवसमा परिवर्तन हुँदै गयो। र, ‘प्रणय दिवस’का रूपमा फैलियो। तर, जे-जसरी व्याख्या गरिए पनि अहिले विश्वभर विपरीतलिङ्गी बीच हुने सम्बन्धलाई भ्यालेन्टाइन दिवस चित्रण गरिन्छ।
विवाह, सेक्स र प्रेम
विवाह एक सम्बन्ध हो। यो प्रेमको रूप होइन। हाम्रो समाजमा केही वर्षअघिसम्म सानैमा विवाह गर्ने चलन थियो। यसको आफ्नै महत्व छ। किशोरावस्था वा यो चरण पार भएपछि यौनिक रूपमा मानिस विपरीतलिङ्गीप्रति आकर्षण देखाउँछ। त्यसलाई परिपूर्ति गर्न त्यतिबेला सानैमा विवाह गरिन्थ्यो। विवाहकै माध्यम मार्फत सेक्स सम्बन्ध स्थापित हुन्थ्यो। अति अपवादमा बाहेक प्रेम सम्बन्ध मार्फत सेक्स गर्ने प्रचलन निकै कम थियो। तर, आज त्यो क्रमशः परिवर्तन हुँदै गएको छ। सेक्स सम्बन्धलाई जोड्न प्रेमको सुरुवात भएपछि विश्वासका आधार खोजिए। यो आधारलाई सहज बनाउन भ्यालेन्टाइन दिन युवायुवतीका लागि मौका बनेको छ। तर, प्रेम गर्नेलाई ३६५ दिन नै आफँैमा भ्यालेन्टाइन पर्व हुन्।

प्रेम हुन नजिक वा टाढामा भर पर्दैन। तर, प्रेम व्यक्त हुनुपर्छ। म तिमीलाई माया गर्छु नभनेसम्म प्रेमको संकेत देखिँदैन। व्यक्त प्रेमले सार्थकता दिन्छ। अव्यक्त प्रेम सक्कली रूपमा झल्कँदैन। नझल्केको प्रेम पानीको फोका जसरी विलीन हुन्छ। तर, आजभोलि व्यक्त गर्ने नाममा ढोंगी प्रवृत्ति हावी भएको छ।
हाम्रो समाजमा हेर्दा पहिले विवाह, अनि सेक्स र त्यस पछि मात्र प्रेम भएको देखिन्छ । कहिल्यै एक अर्कालाई नदेखेको युवक र युवती बीच विवाह हुन्छ । अनि सुहागरात मनाईन्छ र त्यस पछि विस्तारै एक अर्का प्रति प्रेम पलाउछ । अर्थात विवाह, सेक्स अनि प्रेमको मान्यता रहेको हाम्रो समाज पछिल्लो समयमा आएर प्रेम, सेक्स अनि विवाहमा परिवर्तन भएको देखिन थालेको छ । कसैकसैले प्रेमको निचोड सेक्स हो भन्छन्। सेक्स सम्बन्ध आपसी समझदारीमा भर पर्छ। यौनकर्मी व्यक्तिसँग हुने सेक्समा रिलेसन मात्र हुन्छ, तर प्रेमको संकेत हुँदैन। प्रेमबिनाको सेक्स नुन नहालेको तरकारी जस्तो खल्लो हुन्छ। नुन नहालेको तरकारी खान मिल्छ, खान सक्छ, तर त्यसमा पाइने सबै प्रकारको स्वाद हुँदैन । त्यही नुनको मात्रा ठिक्क हुन पुगेको तरकारीको स्वादमा मिठास हुन्छ। मिठासमा शक्ति हुन्छ। र, यो शक्ति भिटामिनको माध्यम भएर शरीरमा शक्ति प्रदान गर्छ। हो त्यही भएर प्रेममा शक्ति हुन्छ। तर, प्रेमबिनाको सम्बन्ध नाटकीय हुन्छ। यो नाटकको अभिनय मिलेन भने सम्बन्धमा गडबड देखिन सुरु गर्छ। ‘अनि भन्छन् नि, भर्खर विवाह भएको, हेर न कति झगडा गरेका यिनका बूढाबूढी।’ यो किन भएको भने अनेक अभाव, असन्तुष्टिका कारणले झगडा भएको होइन। प्रेमबिनाको विवाह भएको नतिजा हो। यो अहिलेको नयाँ पुस्ताले क्रमशः बुझ्न थालेको छ। तर, अहिलेका अभिभावकलाई यसको मेसोमेलो केही छैन।
पैसाको अभावले झगडा हुन्छ भनिन्छ। सेक्स असन्तुष्टिले पारिवारिक जीवन चौपट भो भन्ने विश्लेषण गरिन्छ। छोरो बिग्रियो विवाह गरिदिएपछि सुध्रिन्छ भन्ने पनि चलन छ। छोरी उत्ताउली भई, छिट्टै विवाह गरिदिए समाधान हुन्छ भन्ने गरिन्छ। यो जस्तो अनैतिक र गैरजिम्मेवार तर्क केही होइन। माथिका समस्या भौतिकतासँग जोडिएका छन्। पैसाले भरिपूणर् भए पनि झगडा अन्य कारणमा रूपान्तर भइहाल्छ। सेक्स सन्तुष्टि भए पनि आत्मसम्मान, सम्पत्ति र प्रतिष्ठाका कारणबाट झगडाले निरन्तता पाउँछ। विवाह गर्दैमा कसैका छोराछोरी सुध्रिएको उदाहरण दुनियाँमा छैन। यसको एक मात्र कारण हो, हाम्रो समाजलाई प्रेम गर्न नै नआएको हो । बल्ल अहिले आएर प्रेमका तौरतरिका सिक्न थालेका छन् । केही व्यक्तिले विदेशबाट भित्रिएको दिवस भनेर भ्यालेन्टाइनलाई उपेक्षा पनि गरेका छन्। तर, राम्रा पक्ष अरूबाट सिक्ने र नराम्रा पक्ष हटाउँदै जाने मानवीय गुण हो। त्यही भएर मार्क्स, लेनिन, माओ, गान्धी, बुद्ध आदिका दर्शन र विचार विश्वभर फैलिएका उदाहरण हामीमाझ छन्।
प्रेम र लैंगिक भेदभाव
प्रेममा असफलता हुनुका मुख्य कारण लैंगिक भेदभाव मुख्य हो। महिला र पुरुषबीचको स्वतन्त्रतामा बिनाभेदभाव हाम्रो समाज माथि उठ्ने हो भने हाम्रा सम्बन्ध सुमधुर हुँदै जान्थे। डिभोर्स, विछोड र टाढा भएर बस्ने अधिकारलाई समाजले अझै पचाउन सकेको छैन। मानिसका जीवनमा यी सबै प्रक्रिया पनि अधिकार हुन् भन्ने समाजले बुझ्न आवश्यक छ।

विछोडमा पनि प्रेम हुन्छ। तर, सँगै बसेर पनि प्रेम नहुन सक्छ भन्ने समाजले बुझ्न आवश्यक छ। त्यसैले, दुईजनाबीचको समझदारी, विश्वास र प्रेम उच्चकोटिको बनाउन समान अधिकार महत्वपूणर् विषय हो। जसरी पुरुषको स्वतन्त्रतालाई हाम्रो समाजले सहज रूपमा लिने गरेको छ, त्यसरी नै महिलाको स्वतन्त्रतालाई समाजले सजिलै ग्रहण गर्ने हो भने हाम्रा सम्बन्धहरू प्रेममय हुनेछन्। प्रेममय समाज निर्माणका लागि संकुचन विचार, कुसंस्कृति, धार्मिक विकृत, पुरातन जडता र अहंकार पुस्तौनी चलन अन्त्य हुन आवश्यक छ। यही कुरालाई सबैले मनन गर्दै हामी सबै ह्याप्पी भ्यालेन्टाइन भनौँ आजैबाट।
हामी सबै ह्याप्पी भ्यालेन्टाइन भनौँ आजैबाट
तसर्थ बिदेशी संस्कार भनेर भित्रीएपनि सदुपयोग गर्नेको लागि प्रेम दिवस हो भने दुरुपयोग गर्नेले सेक्स दिवसको अवसर मानेका रहेछन् भ्यालेन्टाइन डे लाई । आफ्नो बाटो आफैले रोज्न पाउने अधिकार सबैलाई छ तर कुन बाटो सहि र कुन गलत थाहा पाउन चाहिँ जरुरी छ ।