औरही(महोत्तरी) – विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड औरहीले विहिवार हिन्दुहरूको महान पर्व दशैको शुभ उपलक्ष्यमा आफ्ना जेष्ठ सदस्यलाई दशैँ खर्च वितरण गरेको छ।
औरही नगरपालिका वडा नम्बर ७ मा रहेको सहकारी संस्थाले आफ्ना ५२ जना जेष्ठ सदस्यहरुलाई रु ५०० दरले जम्मा रू २६ हजार दशैँ खर्च दिएका छन्।



औरही नगरपालिका वडा ७ स्थित रहेको राम बिलाश चन्देश्वर यादव जनता माबि भोईल टिम्किया बिधालयको प्रांगणमा भएको सो कार्यक्रममा औरही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जितेन्द्र यादव, संस्थाका उपाध्यक्ष प्रभु साह,सचिव राम नारायण साह,लेखा सुपरीवेक्षण समिति सदस्य उमेश मण्डल र ऋण प्रमुख संजय यादवको उपस्थिति रहेको थियो।
वडा अध्यक्ष यादवले ज्येष्ठ नागरिकलाई संस्थाले सम्मान गरेको बताउनुभयो ।त्यस्तै सचिव रामनारायण साहले जेष्ठ नागरिकलाई सरकार बाट प्राप्त हुने समाजिक सुरक्षा भत्तालाई सदुपयोग गरी आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिन जेष्ठ नागरीकहरुलाई सुझाव दिनुभयो ।
कार्यक्रममा यस नगरपालिका अन्तरगतका भोइल, टिम्किया , चेपकट,श्रीपुर र फुलवरिया गरी जम्मा ५ गाउँका संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो । सहभागीहरुले संस्थाको निरन्तर प्रगतिको कामना गर्नुभयो।




