
जनकपुरधाम- जनकपुरधामका युवाहरुले एकैदिन शहरका बिभिन्न ठाउँहरुमा जम्मा ११०० विरुवा रोपेका छन्।
जनकपुरधामका युवाहरुले बिहिबार बिहानै हातमा कुटो,कोदालो र विरुवाहरु लिएर निस्कदै जनकपुर एयरपोर्ट, राराब क्याम्पस, ज्ञानकुप र मनिपाल मा विरुवा रोप्दै सम्बन्धित कार्यालय र सम्बन्धित क्षेत्रलाई रोपेका विरुवाहरुलाई संरक्षण गर्न आग्रह गरेका थिए।

एक दिन ११०० विरुवा रोपन कार्यक्रममा लायन्स एण्ड लियो कल्ब अफ जनकपुरधाम, संवाद फाउण्डेशन, जनकपुर एकेडमी स्कुल, महोत्तरी वन कार्यलय, द स्किल व्हिल, नव मिथिला फाउण्डेशन,डिभिजन वन कार्यलय महोत्तरी, एकडारा गाउँपालिका वन शाखाले सहयोग र सहकार्य गरेका थिए। सहयोग र सहकार्य गरेका सबै संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै रोपेका विरुवाहरुलाई संरक्षण र संवद्र्धन गर्ने दायित्व हामी सबैको रहेको कुरा एक दिन ११०० विरुवा रोपन कार्यक्रमका संयोजक विकास साहले बताए ।
उनका अनुसार वृक्षारोपनमा स-साना प्रजातिका निम ,कपुर ,अशोक लगायतका विभिन्न प्रकारका विरुवाहरु रोपेका थिए भने कार्यक्रममा २०० जना भन्दा बढी जनकपुरधामका युवाहरु र विभिन्न संघसंस्थाहरुका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।