
महाेत्तरी- गाैशालामा माेटरसाईकलकाे ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
गौशला नगरपालिका ७ जमुनियामा असाेज ३० गते मंगलबारका दिन माेटरसाईकलकाे ठक्करबाट एक बालक घाइते भएका थिए । घाइते बालकको उपचारकाकाे क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशलाले जनाएको छ।
मृत्यु हुनेमा गाैशाला ७, जमुनिया बस्ने मनाेज राउतकाे ७ वर्षिय छाेरा अनुराग राउत कुर्मी रहेको छ। बालकको विराटनगर स्थित न्युराे अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षक मनाेज कुमार यादवले बताए ।
पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको वि.आर. ३० डबलु. १७७४ नम्बरको माेटरसाईकलले ठक्कर दिदाँ बालक घाइते भएका थिए । घाइते बालकको टाउको र शरिरकाे विभिन्न भाग गम्भीर चाेट लागेकाे थियोे ।
यता माेटरसाईकल चालक गाैशाला नगरपालिका ७ मनहरवा टाेल बस्ने २१ वर्षीय संजित यादवकाे टाउको, हात र खुटा चाेट लागि घाइते भई उपचारको लागि भारत तर्फ गएको र सम्पर्क मै रहेको निरिक्षक यादवले जनाए ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।