
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार बडादशैँको टीकाको उत्तम साइत कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।
घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३७ बजे विसर्जन गरी ११ः०२ को साइतमा टीका लगाउन सकिनेछ। देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।