ढल्केवर- “वैष्णव माता” भनेर सम्बोधन गरिएको श्री श्री १०८ श्री माँ वैष्णव दुर्ग मन्दिर ढल्केवरमा कुभिण्डो (कुम्हर) को बली दिई माँ वैष्णव दुर्गालाई पुजिन्छ। ऐतिहासिक र पौराणिक कालदेखि नैं स्थापित धनुषाको ढल्कवेर स्थित श्री माँ वैष्णव दुर्गा मन्दिरमा बोका नचढाइ कुभिण्डो (कुम्हर) चढाएर देवतालाई पुजिन्छ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा देखि २३ किमी उत्तरी भेगमा पर्ने ढल्केवर मा प्रत्येक वर्ष हर्षोलासका साथ दसैंमा दुर्गा पूजाको भव्य मेलाको आयोजना गरिन्छ। गत बर्षको तुलनामा यस वर्ष राम्रो सजावट र उचित व्यवस्थापनले मेलामा आउने श्रध्दालुभक्तजनहरुमा थप उत्साह बढेको छ।




दशैं मा भाकल गरिने बोका बली बारे आमज समुदायमा धेरै प्रकारका टिकाटिप्पणी र अन्धविश्वास यथावतै छ। दशैं मा कतै सप्तमी त कतै अष्टमी देखि प्रदान गरिने बली को पनि छुट्टै चर्चापरिचर्चा रहेको छ। कतै बली प्रदान गरेकै कारण दशैं बदनाम हुने गरेको कुरा पनि सुन्न पाइन्छ। दशैं आफैंमा नराम्रो त हुँदै होइन । वर्षभरिका दुःख पिडा भुलेर हर्ष उल्लासका साथ खुशियाली मनाउनु आफैंमा राम्रो परम्परा छ तर राम्रो हुँदाहुँदै पनि हामिले यसको अपव्याख्या गरेर देवताको नाममा बली चढाउनेदेखि लिएर अनावश्यक तडक भडक देखाएर यसलाई अलि खल्लो बनायौं कि ? भन्ने पनि लाग्छ । हुनसक्छ यो बलि दिने परम्पराका पनि केही विस्वास होलान् तर कसैको ज्यान लिएर खुशियाली मनाउदा कसलाई कति खुशी मिल्छ होला ? म यसै भन्न सक्तिनँ । तर कतिपय यस्ता शक्तिपिठहरु पनि छन् जहाँ को देवता कुम्हर बाट नै प्रशन्न हुन्छन।
कुम्हर सुन्ने वित्तिकै के हो कुम्हर भन्ने पनि प्रश्न मनमा खुल्दुली भईरहेका होलान् । “कुम्हर” भनेको कुम्भिण्डो (तराई मधेशमा कुम्हर भनिन्छ) । जुन तरकारी र फलफूलको रुपमा प्रयोग गरिन्छ ।
मधेस प्रदेशको राजधानीमा प्रवेश गर्ने द्वारको रुपमा परिचित ढल्केवर स्थित श्री माँ वैष्णव दुर्गा मन्दिरमा प्रत्येक वर्ष कुम्हर को बली दिइन्छ।
श्री वैष्णव दुर्ग मन्दिरका पुजारी डोमी साहका अनुसार यहाँ ४२ वर्षदेखि कुम्हर (कुम्भिण्डो) को बली दिएर भगवानको भोग लगाइन्छ।

४२ वर्षदेखि पुजाआजा हुदै आएको दुर्गा मन्दिरमा यता २२ वर्षदेखि विशेष रूपले पुजाआजा हुदै किर्तन हुदै मेला लाग्दै आएको छ। उतिबेला ‘खर’ले छाएको फुसको घर जस्तै मन्दिर थियो। विस्तारै विस्तारै समाजमा वैष्णव दुर्गा माता प्रतिको आस्था र विश्वास बढ्दै जाँदा यहाँको स्थानीयहरूको अथक प्रयासले मन्दिर को संरचना निर्माण भई अहिले आकर्षण मन्दिर निर्माण गरिएको छ। उनका अनुसार ” प्रत्येक वर्ष विस्तारै विस्तारै तुलनात्मक रुपमा भिडभाड र श्रध्दालुभक्तजनहरुको चाप बढ्दै गएका छन्।
त्यस्तै वैष्णव दुर्गा पुजामा पुजक को रुपमा बसेका स्थानिय समाजसेवी व्यवसायी राजलाल महतो सँग ढल्केवर दुर्गा पुजा मेला बारे सोधपुछ गर्दा उनी भन्छन् ” पहिला दशै सुरुवात हुँदा बखत कलश यात्रामा भद्रगोल हुन्थ्यो, उचित व्यवस्थापन नभएर कलश फुट्ने गर्थ्यो तर यसपालि स्थानिय युवाहरुको सक्रियताले त्यस्तो केहि भएन। कलश यात्रा व्यवस्थित तरिकाले लाइन लागएर भिडभाड लाई मध्यनजर गर्दै सुरक्षा निकायका प्रहरी ,जनपत जवानहरू को सक्रियताले अनुशासित मर्यादित ढङ्गले कलश यात्रा सम्पन्न भयो।

‘बेलनौती’ दिन ढल्केवर का सबै युवा क्लब, संघसंगठन, स्थानिय वासीहरु र सुरक्षा निकायका प्रमुखहरुको साथ र सहयोगले भव्यताका साथ बेलनौती र बेलतोरी समापन भयो। पहिला- पहिला बेलनौती र बेलतोरी दिन झैझगडा हुने गर्थ्यो तर यसपालि त्यस्तो केहि भएन। स्थानिय सरकारको साथ सहयोग र युवाहरुको सक्रियताले मेला सजावट को उचित व्यवस्थापन देखि श्रध्दालुभक्तजनहरुलाई कुनै पनि प्रकारले दुख दिने काम नभएको हुँदा मेला समिति र स्थानीय सरकार मिथिला नगरपालिका लाई धन्यबाद ज्ञापन गरे।

यसपाली ढल्केबर का नयाँ युवाहरुले जिम्मेवारी पाएका श्री वैष्णव दुर्गा पूजा मेला समितिका अध्यक्ष विवेक ठाकुर का अनुसार ” ढल्केबर क्षेत्रमा सबैभन्दा ठुलाे मेला र पुजाआजा दशैंमा हुदै आएकोले यसको व्यवस्थापन मा प्रत्येक वर्ष प्रश्न उठने गरेकोले विविध समस्याहरुलाई समुचित तरीकाले व्यवस्थापन गरी ढल्केबर को विकास को लागि हामी युवाहरु अगाडी बढेको कुरा बताउँछन्। वरिपरि का विभिन्न शक्तिपीठहरुमा बोकाको बली दिएपनि यहाँ प्रत्येक वर्ष कुम्हरको बली दिई प्राणी हत्या नगरी शान्ति को सन्देश र जिव हत्या न्युनिकरण गर्ने सन्देश दिएकोले यस क्षेत्रमा वैष्णव दुर्गा मन्दिरको विशेष महत्त्व रहेको छ। उनी थप्छन् “ढल्केबरको पहिचान सँग गाभिएको ढल्केबर गोल पार्कको सौन्दर्यकरण ,रङ्गपेन्ट र लाइट सिस्टमले स्थानिय र बाहिरी श्रध्दालुभक्तजनहरुको चाप बढेको छ।

ढल्केबरका स्थानिय पत्रकार विजय सिहं आफ्नो फेसबुक वालमा लेख्छन् “पछिल्लो समय युवाहरूले ढल्केवरलाई हरेक क्षेत्रमा व्यवस्थित गर्न एकपछि अर्को अभियानको लिड गरिरहेका छन् । यो मिथिला नगरपालिकाकै लागि सुखद् संकेत हो । ढल्केवरको शाख नबढाएसम्म मिथिला नगरको विकास र समृद्धि कल्पना गर्न सकिँदैन ।

अहिले प्रगतिशील युवा आदरणीय दाई बिबेक ठाकुरको नेतृत्वमा युवाहरुले दशैं मेलालाई व्यवस्थित, त्यही अवसरमा गोल पार्कलाई सौन्दर्यकरण सहित झिलिमिलि बनाई आकर्षक र रमणीय बनाएको छ । दाई बिबेकसहित युवा टिमको यो आँट र सक्रियतालाई सम्मान ।




