
नेपाली साहित्यकारलाई भारतको सीतामढीमा एक कार्यक्रमको बीच सम्मान गरिएको छ ।

चंद्रशेखर धर शुक्ल साहित्यिक सांस्कृतिक संस्थानको आयोजनामा भएको अन्तराष्ट्रिय कवि सम्मेलन कार्यक्रममा नेपालका ३ जना साहित्यकारहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने कविहरुमा प्रेम घिमिरे, नारायण घिमिरे र धर्बेन्द्र यादव छन् ।

नेपालको प्रतिनिधित्व गरि उक्त कार्यक्रममा सहभागी हुन पुगेका कविहरुलाई दोसल्ला ओढाएर भब्य सम्मान गरिएको हो । मधेश प्रदेशका विभिन्न साहित्यिक संगठनको समेत नेतृत्व गरिरहेका कविहरुले आफ्नै भाषामा आफ्ना रचना प्रस्तुत गरेका थिए । प्रेम घिमिरेले "प्रेमको राजधानी" नारायण घिमिरेले गजल र मुक्तक, धर्मेंद्र कुमार यादवले मैथिली भाषामा "उहे देश छै हमर नेपाल" सिर्षकमा आफ्ना रचना प्रस्तुत गरेका थिए ।
