
महाेत्तरीकाे सोनमा गाउँपालिकामा महिला जेष्ठ नागरिक र विधवाहरुलाई कपडा वितरण सुरु गरिएको छ।

हिन्दुहरुको महान चाड पर्वलाइ लक्षितगरी सोनमा गाउँपालिकाले महिला जेष्ठ नागरिक र विधवाहरुलाई कपडा वितरण सुरु गरिएको छ। सोनमा गाउँपालिका वडा नं. ६ बाट कपडा सुरु गरी वडा नं. ७ सुन्दरपुरमा वितरन भइरहेको कुरा वडा अध्यक्ष इन्द्रजित यादवले बताएको छ। यस्तै प्रत्येक वडामा कपडा बितरनहुने अध्यक्ष यादवले बताएको छ।

कपडा बितरन गर्ने क्रममा वडा नं. ६ मा लगभग ३५० जना महिला जेष्ठ नागरिक र विधवाहरुलाई कपडा वितरण गरिनेछ। वुधवार वडा न.७ काे कार्यालयमा २२४ जना महिलाहरुलाई कपडा वितरण गरेका छन् ।

गाउँपालिका बाट बितरन भइरहेको कपडाहरु महिला जेष्ठ नागरीक र एकल महिलाहरु लाई ८ वटै वडामा वितरण गर्ने सोनमा गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादवले बताएका छन् ।
