
जनकपुरधाम- नेपाल भारत महिला मैत्री समाज, काठमाडौं, नेपाल र गान्धी एजुकेशन ट्रस्ट कटीहार, बिहार, भारत र बुद्ध इंस्टीट्यूट अफ टेक्नोलोजी, गया, बिहार, भारत बीच उक्त शैक्षिक संस्थाहरु मा नेपाली विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौता पत्र (Memorandum of Understanding) मा शुक्रवार हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

उक्त सम्झौता अनुसार गान्धी एजुकेशन ट्रस्ट, बिहार अन्तर्गत का शैक्षिक संस्था हरु मा अध्ययन गर्न जाने नेपाली विद्यार्थी को लागि नेपाल भारत महिला मैत्री समाज को माध्यम बाट उक्त संस्थाले २२ वटा पूर्ण छात्रवृत्ति प्रदान गर्ने छ। गान्धी एजुकेशन ट्रस्ट र नेपाल भारत महिला मैत्री समाज बीच उक्त संस्था अन्तर्गत का शैक्षिक संस्था हरु मा नेपाल भारत महिला मैत्री समाज ले रिकमेण्ड गरेका विद्यार्थी हरुलाई डिप्लोमा इन नर्सिङ कोर्स अध्ययन को लागि ११ जना लाई पूर्ण छात्रवृत्ति, र बिएस्सी इन नर्सिङ कोर्स को लागि ११ जना लाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ।

त्यसैगरी नेपाल भारत महिला मैत्री समाज र बुद्ध इन्स्टिच्युट अफ टेक्नोलोजी बीच नेपाल भारत महिला मैत्री समाज ले रिकमेण्ड गरेका विद्यार्थी हरु लाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौता पत्र मा हस्ताक्षर कार्यक्रम सम्पन्न भयो। उक्त सम्झौता अनुसार नेपाल भारत महिला मैत्री समाज बाट प्रस्तावित विद्यार्थी हरु लाई बुद्ध इन्स्टिच्युट अफ टेक्नोलोजी ले डिप्लोमा इन इञ्जिनीयरिङ कोर्स अन्तर्गत ११ जना लाई पूर्ण छात्रवृत्ति र ब्याचलर इन टेक्नोलोजी (बि.टेक) कोर्स अन्तर्गत ११ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ।
छात्रवृत्ति २०२४ को शैक्षिक क्यालेण्डर बाट शुरू हुनेछ।

नेपाल भारत महिला मैत्री समाज ले जेहन्दार विद्यार्थी हरुको उच्च शिक्षा अध्ययन गर्ने सपना आर्थिक अभावले बन्द नहोस् भन्ने उदेश्य को लागि भारत का प्रतिष्ठित शैक्षिक संस्था हरु संग छात्रवृत्ति को लागि पहल गरेको हो। नेपाल भारत महिला मैत्री समाज ले भबिस्य मा पनि अन्तराष्ट्रिय शैक्षिक संस्था हरु संग नेपाली विद्यार्थी को लागि पूर्ण छात्रवृत्ति को लागि पहल गर्ने छ।