भैरहवा- लागुऔषध खैरो हेरोईन सहित चितवन प्रहरी ले भरतपुर महानगरपालिका वाट दुई जना र राप्ती नगरपालिका वाट दुई जना गरि कुल चार जना लाई १३.०८ ग्राम खैरो हेरोईन सहित नियन्त्रण मा लिएको छ।
ईलाका प्रहरी कार्यालय फुलबारी चितवनबाट खटिएको प्रहरी टोलिले कार्तिक १५ गते भरतपुर महानगरपालिका वडा नं. १७ गाँजिपुर वाट भरतपुर-१७ का २८ वर्षिय रोशन तामाङ र २६ वर्षिय बिशाल भन्ने प्रेम बहादुर तामाङलाई चेकजाँच गर्दा निजहरुको साथबाट लागुऔषध खैरो हेरोईन ५.०८ ग्राम फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवन ले जनाएको छ।
साथै अस्थई प्रहरी पोष्ट लोथर चितवनबाट खटिएको प्रहरी चेकिङ टोलिले कार्तिक १६ गते राप्ती नगरपालिका वडा नं. १ स्थित पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा ना.५६.प २१०९ नम्बरको बुलेट मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलको ट्याङकिको तलपट्टीको भागमा लुकाई छिपाई ल्याएको अवस्थामा लागुऔषध खैरोहेरोईन ८ ग्राम फेला परेको र उक्त मोटरसाईकल चालक कालिका नगरपालिका वडा नं.६ का २४ वर्षिय अजय कुमाल र सोहि मोटरसाईकल मा सवार कालिका नगरपालिका वडा नं.७ का २६ वर्षिय शिव श्रेष्ठलाई उक्त लागुऔषध खैरोहेरोईन र मोटर साईकल सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका चारै जना र मोटरसाईकल नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवन ले जनाएको छ।







