काठमाडौं । आरती साहलाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघरमा उनको माइती पक्षले धर्ना जारी राखेको छ । बुधबारको धर्नामा आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत सहभागी भएका छन् ।
जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् ।







