
महोत्तरी - महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को बाट निर्वाचित मधेस प्रदेशका सासंद एबम मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ र १ स्थित मरहा खोला,सोनी खोला,जङ्गहा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।
असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीले औरही नगरपालिका,सम्सी गाउँपालिक,रामगोपालपुर नगरपालिका,सोनमा गाउँपालिका र गौशला नगरपालिका आसपासका बस्तीहरूमा,पुलमा र खेतीयोग्य जमिन कटान गरी ठूलो क्षति पुर्याएको थियो। निरीक्षणका क्रममा स्थानीय बासिन्दाहरूले खोला कटानको दीर्घकालीन समस्या समाधान गर्न तटबन्ध निर्माणको माग गरेका थिए, किनकि यो समस्या वर्षौंदेखि चल्दै आएको छ।मन्त्री यादवले दीर्घकालीन समाधानको प्रतिबद्धता व्यक्त गर्दै पीडित परिवारलाई राहत उपलब्ध गराउने पहल गर्ने आश्वासन दिए।
उनले आफूलाई यस क्षेत्रको समस्याप्रति जिम्मेवार ठहराउँदै भने, "यो मेरो निर्वाचन क्षेत्र भएकाले यहाँका समस्या समाधान गर्नु मेरो दायित्व हो। यहाँका गुनासा र मागलाई गम्भीरताका साथ लिएर दीर्घकालीन समाधानका लागि पहल गर्नेछु।"