महोत्तरी – महोत्तरीको सम्सी-५ स्थित देवीस्थानबाट २ सय ९० केजी गाजासहित २ जना पक्राउ परेका छन् । सम्सीबाट जलेश्वरतर्फ गइरहेको ना ०५ ख.९७११ नम्बरको ट्रकमा चालकको सिट पछाडि रहेको फलस बटनमा लुकाईछिपाई राखिएको १९ पोका गाजा नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ ।
दुई सय ९० किलो गाजासहित महोत्तरीबाट २ जना पक्राउ गाजा लिएर हिँडेको ट्रकसहित चालक मकवानपुर बकैया घर भएका २५ वर्षका लिलाबहादुर थिङ र हेटौंडा उपमहानगरपालिका-१३ बस्ने सहचालक राजेश घलानलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरिले जानकारी दिए ।



पक्राउ परेका चालक र सहचालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको ट्रक पनि प्रहरी कार्यालय परिसरमै राखिएको गिरीले बताए ।




