पुस्तौनी फूल खेती गर्दै आएका महोत्तरी बल्वा नगरपालिका वडा न.२ का राम बिनय भण्डारील यसपालीको तिहारमा भनेजस्तो व्यापार गर्न सकेनन ।
भारतवाट आयात भएका फूल कै कारण मुल्यमा आकाशपताल फरक पर्ने हुदा बेच्न नसक्ने एउटा कारण रहयो भने माली समुदाय वाहेक अन्य समुदायले पनि व्यवसायिक फूल खेती गर्दा समस्या वनेको भण्डारीको भनाई छ ।
उन्लाई यो तिहारमा व्यापारले भन्दा पनि पेशा नै धरासयी बन्दै गएकोप्रती निक्कै चिन्ता बढाएको छ ।
`पुर्ख्यौली फूल खेती नै गर्ने हाम्रो पेशा हो तर माली समुदाय वाहेक अन्य समुदायहरुले पनि व्यवसायी खेती गर्दा हामी समस्यामा पर्दै गएका छौ ।´ भण्डारीले भने । `पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था छ ।´
उन्ले तिहार तथा छठलाई मध्यनजर गरि झण्डै १ बिगा क्षेत्रफलमा फूल रोपेका थिए । तर १ कठ्ठाको पनि बिक्री नभएको उन्को गुनासो छ । भारतिय फूल सिमा, नाकावाट नभित्र्याउने सरकारले निर्णय गरेतापनी अवैधानिक वाटोवाट भित्रीदा मधेशमा माली लगायत किसानहरुलाई व्यापारमा समस्या भएको भण्डारीको बुझाई छ ।
भण्डारी जस्तै जनकपुर -६ का जितेन्द्र भण्डारीको पनि उहीँ चिन्ता छ । व्यवसायिकरुपमा ६ महिना अगाडी चिस्यानमा स्टोर गर्ने र निक्कै कम मुल्यमा बेच्नेहरुको कारण आफुहरु संकटमा परेको उन्को भनाई छ ।
पुर्ख्यौली पेशाकोरुपमा अवलम्बन गरिएको कयौ माली समुदाय यो पेशावाट बिस्थापन भएको र पहिचानको लागी भएपनी कमले मात्र फूल खेती गरिरहेको भण्डारीले वताए ।
नजिकै जानकी मण्दिर भएतापनी पहिलेजस्तो नभएको उन्को अनुभव छ । पुजाकर्मका लागी दैनिक हजारौ मालाहरु वेच्ने गरेको अनुभव सुनाउदै भण्डारीले फूलको रेटमा मनलागी भएको वताए ।
`सरकारले तरकारीमा जस्तै फूलमा पनि मूल्य निर्धारण गरिदिनुपर्छ ।´ भण्डारीले भने । `अनि मात्र हामी जस्तो फूल व्यवसायीहरु मारमा पर्दैनौ ।´
तर फूलको माग र बजार करिब १२ देखि १५ प्रतिशतका दरले बढ्दै गएकाले फूल व्यवसायको सम्भावना बढ्दै गएको फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्यांक छ । कृषि विकास मन्त्रालयअन्तर्गत पुष्प व्यवसाय प्रवर्द्धन नीति २०६९ जारी गरिएको छ ।
पुष्प व्यवसाय अनुदान कार्यविधि नआउँदा हरेक वर्ष बजेट फ्रिज भएर जाने गरेको छ । पुस्तौनी फूल व्यवसाय गर्दै आएका समुदाय मात्र हैन फूल खेतीको अधिक सम्भावनालाई सरकारले वेवास्ता गर्दा भारतिय पुष्प व्यवसायीहरुका लागी नेपाल आकर्षक बजार बनेको छ ।
भारतवाट आयात भएका फूल कै कारण बर्दिवासमा आएर फूल वेच्ने कयौ व्यापारीले विक्री नभएपछि हजारौ मालाहरु डस्टविनमा फ्याकेका छन । बजार आकलन गरेर फूल वेच्न ल्याउनुपर्ने ठाउँमा अन्धाधुन्ध ल्याएको हुनाले नोक्सान बेहोर्नुपरेको कतिपयको भनाई छ ।