महोत्तरी – नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा निगमलाई ठूलो घाटा व्यहोर्नु परेकाले नयाँ मूल्य समायोजन गरिएको जनाएको छ।
निगमका अनुसार बिहीबार राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १७ रुपियाँ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर २५ रुपियाँ वृद्धि गरिएको हो।



त्यस्तै, खाना पकाउने ग्यासको मूल्यमा पनि प्रति सिलिन्डर १०० रुपियाँ वृद्धि गरिएको निगमले जनाएको छ।
यसरी मूल्यवृद्धि गर्दा पनि निगमलाई करिब १० अर्ब २१ करोड ९१ लाख रुपियाँ घाटा हुने अनुमान गरिएको जनाएको छ।






