महोत्तरी- विषहारामाई बचत तथा ऋण सहकारी संस्था औरहीले, लोक आस्थाका महापर्व छठ लाई लक्षित गरी आज सोनामाई छठ घाट को सरसफाइ गरेको छ।

औरही नगरपालिका ७ भोईल स्थित सोनामाई मन्दिको प्राङ्गणमा रहेको पोखरीमा हुने छ्ठ घाट र मन्दिरको वरिपरि सरसफाई गरेको संस्थाका सचिव राम नारायण साहले जानकारी दिए।



औरहि ७ का वडा अध्यक्ष जितेन्द्र यादवको विशेष उपस्थितीमा भएको सरसफाइ कार्यक्रममा सहकारीका सदस्य,पधाधिकारी , कर्मचारी , सहकारीकर्मी, शिक्षक- शिक्षिका , विद्यार्थी ,स्थानीय राजनीतिकर्मी , युवा, छठ पूजा समिति लगायतका को सहभागीता थियो।

विगत पाँच वर्षदेखि निरन्तर छठ घाटको सरसफाइ गर्दै आइरहेको संस्थाले आगामी दिनमा यसलाई निरन्तरता दिने जनाएको छ।




