काठमाडौं । प्रदर्शनमा उत्रिएका युवा संघ र दुर्गा प्रसाईंका कार्यकर्ताबीच झडप भएको छ ।
उनीहरुबीच बल्खुमा झडप भएको हो ।कालिमाटीबाट आएका युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईं समर्थकबीच बल्खुमा झडप भएको हो ।




झडपका कारण केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ । प्रशासनले युवा संघलाई तिनकुने र प्रसाईं समूहलाई बल्खुमा प्रदर्शनका लागि अनुमति दिएको छ ।









