चक्रघट्टा (सर्लाही) – गरिमा विकास बैंक लिमिटेड मलंगवा शाखाले आफ्नो १७ औं वार्षिकोत्सबको अवसरमा स्कुल ब्याग वितरण गरेको छ ।
आज (बिहिवार) एक कार्यक्रमबिच सर्लाहीको चक्रघट्टा गाउँपालिका-८ औरहीमा रहेको श्री जनता माध्यमिक बिधालयका ८५ जना बालबालिकालाई बिधालयमै पुगेर स्कुल ब्याग वितरण गरेको बैंकका मलंगवा शाखा प्रमुख राम एकवाल साहले जानकारी दिए ।
कार्यक्रममा बिधालयका प्रधानाध्यापक, शिक्षक/शिक्षिका, बैंकका कर्मचारी, समाजसेवीलगायतको सहभागीता रहेको थियो ।


