
महोतरी - महोतरीको गौशालामा छात्रालाई जवर्जस्ती करणी गरेको आरोपमा गौशाला एकेडेमी बिधालयका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा रहेको गौशाला एकेडेमीमा अध्ययनरत ७ वर्षीया बिधार्थीलाई जवर्जस्ती करणी गरेको आरोपमा गौशाला एकेडेमी बिधालयका सञ्चालक ३३ वर्षीय जुगलकिशोर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।
अभिभाववकले इलाका प्रहरी कार्यालय गौशालामा विद्यालय सञ्चालक साहले जवर्जस्ती करणि गरेको जाहेरी दर्ता गराएको प्रहरी निरीक्षक यादवले बताए ।
साहले बिहीबार टिफिन समयमा ललाइफकाई विद्यालय भवनको छतमा लगी बलात्कार गरेको बताइएको छ। अभिभावकले छोरी बिरामीजस्तो देखेपछि सोधपुछ गर्दा घटना बाहिरिएको र शुक्रबार बिहान इलाका प्रहरी कार्यालय गौशालामा घटनाबारे जानकारी गराएका थिए।
जाहेरीको अधारमा विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएर जवर्जस्ती करणि मुद्धामा जिल्ला अदालत महोतरीबाट अनुसन्धानकलागि ५ दिनको म्याद लिएको प्रहरी निरीक्षक यादवले भने । पिडित बालिका र आरोपितको स्वस्थ्य परिक्षण गराएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।