भैरहवा- रुपन्देही जिल्ला को रोहीणी गाउँपालिका वडा नं. ७ अमुवा वाट प्रहरी ले भारत वाट नेपाल तर्फ अवैध रुप मा भंसार छलि चोरी पैठारी गरि ल्याउँदै गरेको अवस्था मा शुक्रवार विहान ३ सय ४० थान कुर्ता सुरुवाल वरामद गरेको छ।
वेवारिसे अवस्था मा वरामद गरिएको कुर्ता सुरुवाल को अनुमानित मुल्य ४ लाख ८ हजार रहेको प्रहरी ले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही वाट खटिएको प्रहरी टोली ले शुक्रवार विहान अन्दाजी १० वजे रोहिणी गाउँपालिका वडा नं. ७ वाट वेवारिसे अवस्था मा सो अवैध कपडा फेला पारी स्थानिय मानिस हरु को रोहवर मा वरामद गरि आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी निरीक्षक किशोर के.सी ले जानकारी गराए ।




