महोत्तरी- बर्दिवास नगरपालिकामा रहेका पुणर् भूमिहिनहरुलाइ गोलाप्रथाद्धारा जग्गाको छनौट गर्न लगाईएको छ ।नगरपालिकाको वडा नं २ का ५७ घरधुरी भूमिहिनहरुले जग्गा प्रप्तिको लागि कित्ता नं प्राप्त गरेका छन् ।
शुक्रबार एक कार्यक्रमका बिच नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले बर्दिवास नगरपालिकाकाको वडा नं. २ मा अब पूर्ण भूमिहिनहरुको अन्तय भएको दावि गर्नु भएको छ ।
नगरप्रमुख क्षेत्रीका अनुसार बर्दिवास नगरपालिकामा मुख्य समस्यानै भूमिहिन दलित र भूमिहिन सुकुम्वासी लाइ जग्गा उपलब्ध गराउने र अब्यवस्थित वसोवासीलाइ ब्यवस्थापन गर्नु हो त्यसैले म निर्वाचित भए संगै यस बिषयमा गम्भिरताको साथ काम अगाडी बढाएको बताउनु भयो ।अब बिस्तारै अन्य वडाहरुको पनि समस्या समाधान गर्दै जाने बताउनु भयो।कित्ता नं. प्राप्त गरेका ब्यक्तिहरुलाइ अब चाडै नै लालपुर्जा बितरण गर्ने र बत्ति, खानेपानि जस्ता आधारभुत आवाश्यकताहरुको पनि ब्यवस्था गरिने नगरप्रमुख क्षेत्रीले प्रतिबद्धता गर्नु भयो।
बर्दिवास नगरपालिका वडा नं. २ का वडा अध्यक्ष धिरेन्द्र कुमार सिंहले जनताको सकारात्मक माग अनुसार यो प्रकृया अगाडी बढाएको बताए।उहाले यस्तै अन्य जनसराकारका राम्रा कामहरु पनि बाकी रहेका र जुन बोलि ले हैन काम मार्फत पुरा गर्ने बताए ।
वडा नं. २ भित्र रहेका पुणर् भूमिहिनहरुलाइ २ नं. वडाकै पर्ति जग्गामा प्रति घरधुरी १ कठ्ठाको दरले जग्गा उपलब्ध गराउन प्रक्रिय अगाडी बढाएको बर्दिवास नगरपालिकाको भूमिहिन दलित ,भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासी सेवा केन्द्रका संयोजक पवन कुमार कार्कीले बताउनु भयो।कार्कीका अनुसार निश्पक्ष होस भन्ने सोच राखेर जग्गा प्राप्त गर्ने ब्यत्तिहरुलाइ नै गोला प्रथा मार्फत जग्गाको छनौट गर्न लगाएको बताए।अब यो काम करिब अन्तिम चरणमा रहेको र छिट्टै यक कार्यक्रमको बिच लालपुर्जा बितरण गरिने पनि बताए।बर्दिवास नगरपालिको अन्य वडाहरुको पनि काम अगाडी बढिरहेको र सम्पुणर् वडा हरुको पनि छिट्टै समस्या समाधान हुनेमा आफु आशाबादी रहेको कार्कीले बताए।
यसै कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला समिति महोत्तरीका अध्यक्ष ज्ञान बहादुर गोले ले अब चाडै नै पालिका भरी भूमिहिन दलित, भूमिहीन सुकुम्वासी र अब्यवस्थित बसोवासीको समस्या समाधान हुने बताउनु भयो।यस वडामा ६० जनाको नाम सिफारिस भइ आएको र यस बिषयमा जिल्ला समितिको तर्फबाट उहाहरुको नाममा नेपाल अधिराज्यभरी कही नम्बरी जग्गा भए नभएको चेक जाचँ गर्नु मालपोत कार्यलय बर्दिवासमा पत्रचार गर्दा ३ जनाको नाममा नम्बरी जग्गा भेटिएको र तिनि हरुलाइ प्रक्रियाबाट हटाइ बाकीको काम अगाडी बढाएको गोलेले बताए।अब पालिका बाट कित्ता नं सहितको पत्र प्राप्त भए पछी ७ दिनको हकदाबिको सुचना जारी गर्ने र अन्य आवाश्क प्रकृया पुरा गरी लालपुर्जा बितरण गर्ने पनि बताए।