जनकपुरधाम - स्थानीय तह निर्वाचनमा भाग लिन जनकपुरधाम उपमहानगपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका मध्ये २ मेयर सहितका १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालय जनकपुरधाम उपमहानरपालिकाका अनुसार मेयरमा दुई जना, उपमेयरमा १, वडाध्यक्षमा ११ र सदस्यमा १ जना गरी १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
मेयरमा उम्मेदवारी फिर्ता लिनेहरुमा वैद्यनाथ प्रसाद साह र नन्दन कुमार भगत सहित ११ जना वडाध्यक्ष र एक जना सदस्यले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालयका प्रमुख ब्रजेश प्याकुरेलले जानकारी दिएका छन । वैद्यनाथ प्रसाद साहले भने आफू एउटा समाजसेवी भएको हुनाले राजनीति आफ्नो वशको कुरा नरहेकोले उम्मेदवारी फिर्ता लिएको बताए ।