रोट्रयाक र रोटरी कलवले आयोजना गरेको स्वास्थ्य सिविरमा ४ सय विद्यार्थीहरुले सुविधा लिएका छन ।
विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयमा नै आयोजना गरिएको उक्त स्वास्थ्य सिविरमा नाक, कान र आखाको स्वास्थ्य जाँच गरिएको हो ।
मंगलवार श्री माध्यामिक विद्यालय हात्तीलेटमा अध्यनरत विद्यार्थीहरुले उक्त सुविधा लिएका रोट्रयाक क्लव अफ बर्दिवासका अध्यक्ष रविन पोखरेलले जानकारी दिए ।
अध्यनमा असर नपरोस भन्ने उदेश्यले आयोजना गरिएको उक्त सिविर अन्य विद्यालयमा पनि बिस्तार गरिने रोट्रयाक क्लव अफ बर्दिवासले जनाएको छ ।
सिविरमा सिटि केयर अस्पताल बर्दिवास, बर्दिवास आँखा उपचार केन्द्र र बर्दिवास अस्पतालका दक्ष स्वास्थ्यकर्मीहरुले परिक्षण गरेका थिए ।
परिक्षणका क्रममा आवस्यक औषधि र कतिपयलाई अस्पताल जान चिकित्सकहरुले सल्लाह दिएको विद्यालय की प्रधानध्यापक रोजी फुयालले वताइन ।