भैरहवा- भैरहवा मा रहेको सिद्धार्थ क्रिकेट रंगशाला मा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता को लिग चरण को खेल हरु हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ को आयोजना मा संचालन हुने प्रतियोगिता माघ महिनाको पहिलो साता देखि संचालन हुने र सातै प्रादेशिक टिम , तीन विभागिय टिम हरु गरि दश टिम विच खेल हुने भएको छ।




नेपाल क्रिकेट संघ का सचिव पारस खड्का ले रुपन्देही जिल्ला क्रिकेट संघ लाई प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता राउण्ड रोबिन लिग को आधार मा संचालन गर्न लागिएको र लिग चरण को ८ देखि १० खेल हरु भैरहवा मा रहेको सिद्धार्थ क्रिकेट रंगशाला को मैदान मा संचालन गर्ने कार्यक्रम तय गरिएको ले आवश्यक सम्पुर्ण तयारी गर्न र सफलता पुर्वक संचालन का लागि सहयोग गर्न अनुरोध एवं जानकारी गराएका छन् ।




