फाइल फोटो
काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकामा झडप हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
प्रहरीले चलाएको गोली लागेर स्थानीय युवा लक्ष्मी मुखियाको मृत्यु भएको हो ।
प्रदर्शनकारीको ढुंगा प्रहारबाट केही प्रहरी पनि घाइते भएका छन् ।
सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने विषयमा दुई पक्षबीच झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको थियो ।







