महोत्तरी- औरहीमा बाल संवेदनशील अभिभावकत्व कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार कार्यक्रममा सहभागीहरुका लागि दिक्षान्त कार्यक्रम गरिएको हो । औरही नगरपालिकाको आयोजना , सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र पैरवी विकास मंच नेपालको समन्वयमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा ६ दिनको तालिम सन्तान भएका महिलाहरुलाई प्रदान गरिएको थियो । जसमा बालबालिकाको शारीरिक , मानसिक र संवेगात्मक विकासमा अभिभावकको भूमिकाबारे प्रशिक्षण दिइएको जनाइएको छ । कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तित्वहरुलाई प्रमाण पत्र आज प्रदान गरिएको थियो ।




कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि स्वास्थ्य शाखा प्रमुख चन्द्र भुषण ठाकुरले कार्यक्रम संचालन गरेकोमा आयोजकलाइ धन्यवाद दिदै यसको दीर्घकालीन प्रभावका कारण बालबालिकाको राम्रो स्वास्थ्य, उत्प्रेरणा र सिकाइ¸ पोषण¸ संवेदनशील स्याहार एवम् सुरक्षा र संरक्षणमा उल्लेखनीय टेवा पुग्ने बताए। कार्यक्रममा शनीचरी देवी मण्डल , स्वास्थ्य शाखा प्रमुख चन्द्र भुषण ठाकुर , शिक्षा शाखा प्रमुख धन बहादुर राय , वडा न.२ को वडा अध्यक्ष दरेश यादव , वडा न. ४ को वडा अध्यक्ष शियाराम राय , संस्थाको फोकल पर्सन सविना यादव लगायत विभिन्न महिला जनसमुदायको सहभागिता रहेको थियो ।




