
महोत्तरी - महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य लक्ष्मी महतोले अब आफू प्रत्यक्ष रुपमा नै जनतासँग भेटघाट गरि उनीहरुको गुनासो सुनेर समस्या समाधानका निम्ति सक्रिय रुपमा भुमिका निर्वाह गरिने बताएका छन् ।
नेकपा एमाले गौशाला नगर कमिटिद्वारा गौशाला नगरपालिका ५ मा पार्टी कार्यालयमा आयोजना गरेको शुभकामना तथा स्वागत कार्यक्रममा सम्बोधन गर्दै महतोले सो कुरा बताएका हुन् । पछिल्लो एक बर्षको अवधिमा यस क्षेत्रका जनताहरुले जनप्रतिनिधीको आभास नरहेको उल्लेख गर्दै सांसद महतोले भने, “न्यालयले देशमा न्याय जिवित रहेको अनुभुती गराएको छ ।

न्यालयले न्याय प्रदान गर्दै यस क्षेत्र नम्बर १ का जनता समक्ष जनप्रतिनिधीको रुपमा पुनःकाम गर्ने जिम्मेवारी सुम्पेको छ । अव जनप्रतिनिधीको रुपमा सक्रिय भुमिका निर्वाह गर्नेछु । आफ्ना पार्टीका नेताकार्यकर्ताको आवश्यक सरसल्लाह गरि सक्रियता जनाउनेछु ।” सो अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मधेस प्रदेशका सांसद सरोजकुमार यादवले जनताहरुको गुनासा समस्या वुझ्नका लागि निर्वाचन क्षेत्रमा गई जनमैत्री विकास निर्माणका लागि सक्रिय भुमिका निर्वाह गरिदिनका लागि प्रतिनिधीसभा सदस्य लक्ष्मी महतोलाई आग्रह गरे।

यादवले भने, “विगत एकबर्षभरिमा संघिय सांसदमा प्रतिनिधीविहीन रहेको अवस्थालाई अदालतले स्पष्ट बाटो खुल्ला गरि दिएको छ । अव सदनमा लक्ष्मी महतोले महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ को तर्फबाट जनताको आवाज वुलन्द रुपमा उठान गरिनेछ ।” प्रदेश सभा सदस्य यादवले नमुना र शक्तिशाली प्रदेश बनाउनका लागि मधेश प्रदेशमा केही दिनभित्रैमा नेकपा एमाले नेतृत्वको सरकार चयन हुने बताउँदै उन जसपा नेतृत्वको सरकार जनमैत्री कार्य गर्न नसकेको आरोप लगाए ।

उनले भने, “यस प्रदेशमा विकासका गति चलायमान पारि मधेशलाई नमुना प्रदेशको रुपमा स्थापित गर्नका लागि एमालेको विकल्प छैन।” कार्यक्रममा महोत्तरी क्षेत्र नम्बर १ मधेश मधेस प्रदेशका सांसद शारदादेवी थापाले न्यायालयले ढिलै भएपनि सांसद लक्ष्मी महतोको पक्षमा फैसला गरेपछि अव यहाँ अब विकासको लहर ल्याइने बताईन् ।उनले जनताको समस्यालाई समाधान गर्नका लागि प्रतिनिधीसभा सदस्य महतोले विशेष रुपमा भुमिका निर्वाह गर्ने बताइन् ।