महोत्तरी- जानकी एकेडेमीक हस्पिटल प्रा.लि.ले आफ्नो दोस्रो स्थापना दिवस बृहद् रक्तदान कार्यक्रमको आयोजना गरी मनाएकाे छ । महोत्तरीको औरही , रामगोपालपुर नगरपालिका, सोनमा र सम्सी गाउँपालिकाको बीचमा पर्ने स्थानमा रहेकाे जानकी एकेडेमीक हस्पिटलको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

रक्तदान कार्यक्रम हस्पिटलको परिसरमा गरिएको थियो । “रक्तदान गरौँ जीवन बचाऔँ र हाम्रो खेर जाने रगत दान गर्दा कसैको जीवन बाँच्छ” भन्ने नारा सहित हस्पिटलले आयोजना गरेकाे रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेको हस्पिटलका प्रशासन प्रमुख संजय यादवले बताए ।




उनले यस अघि पनि थुप्रै ठाउँहरुमा शिविर चलाउदै आएको र अहिले रगतको अभाव पुरा गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । उनले रक्तदानमा सहभागीहरुलाई धन्यवाद ज्ञापन व्यक्त गरे ।




