भैरहवा- वैदेशिक रोजगारी को लागि दुबई पठाईदिने भन्दै ३ लाख ठगी गर्ने दुई जना लाई प्रहरी ले पक्राउ गरेको छ। पक्राउ पर्ने मा चितवन रत्ननगर नगरपालिका-१६ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ४० वर्षीय नविन खड्का र मकवानपुर घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ३३ वर्षीया चमेली चुहान रहेको प्रहरी ले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष ३ गते नविनलाई नयाँ बानेश्वर र चुहानलाई बालाजुबाट पक्राउ गरेको हो।



जगत बहादुर विष्टलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति तीन लाख लाग्ने र दुबई पुगेपछि मासिक साठी हजार तलव हुने प्रतिष्ठित कम्पनीमा काम लगाईदिने भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी तीन लाख रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निज नविन खड्का र चमेली चुहानको खोजतलास गरी पक्राउ गरि थप अनुसन्धान तथा कार्वाही को लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको अनुसन्धान कार्यालय का प्रहरी उपरीक्षक रविन्द्र रेग्मी ले जानकारी गराएका छन् ।




