महोत्तरी – रातु नदी उत्तखननका विरुद्ध बर्दिवास नगरपालिकाका राजनिती दलहरु एक जुट भएका छन ।नगरपालिकाले मनोमानी ढंगले उक्त नदी उत्तखनन गरेको भन्दै संरक्षणको पक्षमा उभिएका हुन।
आज एक बिज्ञप्ति जारी गर्दै नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, लोसपा, रास्वपा, जनमत सहितका दलहरुले नगरले अवैध ढंगले गरेको उत्त्खनन रोक्ने सामुहिक प्रतिबद्धता जनाएका छन ।वताउदै बिज्ञप्तिमा आमनागरिकहरुलाई सचेत रहन अपिल समेत गरिएको छ । विज्ञप्तिमा भनिएको छः’आर्थिक स्रोत व्यवस्थापन गर्ने बाहानामा रातु नदीमा भईरहेको अनियन्त्रित उत्खननलाई तत्कालै रोक्न बर्दिबास नगरपालिकासहित सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउदछौ ।




’नगरले अहिले लगाएको ठेक्कामाथी नै प्रश्न चिन्ह खडा गरिएको छ । नदीको पथलैया खण्डमा अहिले उत्त्खनन भइरहेको छ भने अन्य ३ वटा खण्ड सम्झौता प्रक्रियामा छन् ।तर आर्थिक वर्ष २०७७/०७८ मा लगाएको ठेक्का, अवैध उत्तखननका कारण विवादित भई हाल जनकपुर उच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ ।
तत्कालिनसमयमा नापजाँच उपसमितिको प्रतिवेदनअनुसार उत्खनन गर्ने जिम्मा पाएका ठेक्केदार कम्पनीहरुले सम्झौता विपरित ७ गुणा बढी उत्त्खनन गरेका थिए क्षति परिपूर्तिको अवस्थालाई समेत आंकलन नगरी अहिले पुनः ठेक्का लगाएर उत्त्खनन गर्नु नियमविपरित भएको भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नगरले चुरे तथा नदी दोहनलाई पक्षपोषण गरिरिरहेको वताउदै पाटुस्थित रातु नदी बगरमा ताल बनाउने योजनासमेत नदीजन्य पदार्थ तस्करी गर्ने नियतबाट प्रभावित भएको दलका नेताहरुले आरोप लगाएका छन् ।
दुबईमा जलवायु परिवर्तन समबन्धी विश्व शिखर सम्मेलन (कोप-२८) सम्पन्न भएको र चुरे तथा वातावरण विज्ञहरुले नेपालको सन्दर्भमा जलवायु परिवर्तनका पानीको अभाव अझै बढ्दै जाने बताइरहेको वेला संरक्षणलाई प्राथमिकता राखेर काम गर्नुपर्ने अवस्थामा अझ चुरे नै विनास हुने गरी भइरहेको रातु नदीको उत्खनन कार्यलाई तत्कालै रोक्न विज्ञप्तिमा बर्दिवास नगरपालिकासँग माग समेत गरिएको छ ।





