महोत्तरी- जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा डोर्याउन जसपा नेपालकाे नेतालाइ जिताउनु एकमात्र बिकल्प रहेको बताउनु भएको छ । जनता समाजवादी पार्टी रामगाेपालपुर नगरपालिकाद्वारा आज नगरपालिकाकै वडा नं२ टेगंरमा आयोजित जनतासंग भेटघाट तथा चुनाबी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले देशमा नेपाली कांग्रेस र कमनिस्टहरुकाे कारणले मुलुकमा निम्तिएको भ्रष्टाचार र अस्थिरतालाई अन्त्य गर्न जनताहरुलाइ जसपा नेपाल एकमात्र बिकल्क रहेको उल्लेख गर्नु भयो ।
त्यस्तै बर्तमानको निर्वाचन प्रणालीले मुलुकलाई कंगाल र पराधिन बनाउदै गएको उल्लेख गर्नु भयाे।बर्तमान संबिधानकै कारण मुलुकमा एक पछि अर्को समस्या थपिदै गएको उल्लेख गर्दै अध्यक्ष यादवले छिमेकी मुलुक भारत सहित अमेरिका लगायतका देशहरुले समेत असन्तुष्टि जनाई सकेको संविधान संशोधन गर्नुको विकल्प नरहेको स्पष्ट पार्नु भयो ।
प्राप्त उपलब्धिहरुको रक्षा र उत्पीडित जनताहरुको मुक्तिका लागि आफुहरुले बर्तमान ब्यबस्थालाई प्रयोग गर्दै अघि बढेको स्पष्ट पार्दै उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहनु भएका अध्यक्ष यादवले संघियता र गणतन्त्र माथी निरन्तर जारी रहेको प्रहारलाई निस्तेज गर्न संसद र सरकार बाट खबरदारी गर्दै आएको बताउनु भयो ।मधेश आन्दोलनका तत्कालीन योद्धा हरु संगको पुनर्मिलनले रामगाेपालपुर नगरपालिका लगायत अन्य पालिकाहरुमा पुन: नया जागरणको संचारहुने उल्लेख गर्दै उहाँ आन्दोलनकारी शक्ति हरुलाई जसपाको छाता मुनि पुन: गोलबद्ध हुन आह्वान समेत गर्नु भयो ।
नगर अध्यक्ष सुरेश कुमार यादव र उपाध्यक्ष बिजय कुमार यादवकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीको स्थपनाकालेखि पार्टीका विभिन्न स्थानबाट सहयाेग गरिरहेकाहरुलाई जसपा अध्यक्ष यादवले गम्छा लगाई स्वागत गर्नु भयो ।कार्यक्रममा राजनीति समिति सदस्य हरिनारायण यादव,डा सुरेन्द्र यादव, प्रदेश सांसद सराेज सिंह कुशवाहा,पार्टी काेषाध्यक्ष सुरिता साह प्रदेश अभियन्ता राम नरेश यादव सहितका अन्य कार्यकर्ताहरुकाे उपस्थित रहेका थिए ।