
महोत्तरी - महोत्तरीको गौशाला नगरपालिकाका उपमेयरको गाडीमा आगजनी भएको छ ।
मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले उपमेयर रेनु कुमारी महतो चढ्ने गाडीमा पेट्रोल छर्केर आगजनी गरिएको हो ।

महतोले चढ्ने प्र २ – ००२ – ०००१ झ ०००५ नम्बरको गाडीमा आगजनी भएको हो । उनको गाडी गौशाला नगरपालिका १ रामनगरस्थित आफ्नै निवासमा पार्किंङ गरी राखेको थियो ।
आगजनीबाट गाडी र पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।