भैरहवा- रुपन्देही जिल्ला को भैरहवा मा प्रहरी ले लागु औषध ब्राउनसुगर सहित एक महिला र एक पुरुष लाई सिद्धार्थनगर वगरपालिका वडा नं. ८ वैंक कलौनी वाट पक्राउ गरेको छ। पक्राउ पर्ने मा पर्सा जिल्ला सखुवा पर्सौनी गाउँपालिका वडा नं. २ जमुहानी बस्ने ३९ वर्षिय श्रीलाल प्रसाद यादव र ४५ वर्षिय उमा देवी चौधरी रहेको रुपन्देही प्रहरी ले जनाएको छ। निज हरु को साथ वाट २०.७०० ग्राम लागुऔषध ब्राउन सुगर वरामद भएको प्रहरी ले जनाएको छ।
सिद्धार्थ नगर नगरपालिका वडा नं. ८ बैंक कलौनी मा रहेको ग्यालेक्सी होटलमा केही ब्यक्तिहरुले लागुऔषध खैरो हिरोईनको कारोवार गरिरहेको भन्ने पुष ७ गते प्रहरी लाई प्राप्त गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट संयुक्त प्रहरी टोली खटिई गई निग्रानी तथा चेकजाँच गर्ने क्रममा ग्यालेक्सी होटलमा शंकास्पद रुपमा रहेका दुई जना लाई पक्राउ गरि खोजतलाश गर्ने क्रम मा लागु औषध ब्राउनसुगर सहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रुपन्देही भैरहवा का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन् ।
निज हरु को आवश्यक अनुसन्धान पश्चात रुपन्देही जिल्ला अदालत रुपन्देहीबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको जनाईएको छ ।




